संस्थापक, पदाधिकारी, तथा सदस्य ज्यूहरू
नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन
विषय: चौथो वार्षिक साधारण सभा सम्बन्धमा।
महोदय,
उपरोक्त विषयमा मिति २०८१ श्रावण २६ गते तदनुसार अगस्ट १०, २०२४ मा बसेको संचालक समितिको बैठकको निर्णयअनुसार यस संस्थाको चौथो वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा आयोजना गरिने भएको हुँदा तपाईंको अनिवार्य उपस्थितिको हार्दिक अनुरोध छ।
देहाय
मिति: २०८१ साल भाद्र २९ गते शनिबार, तदनुसार September 14, 2024
समय: साँझ ६:३० बजे (नेपाल समय)
स्थान: भर्चुअल माध्यम (जुम)
Zoom ID: 982 371 1633
Passcode: NIRI2024
चौथो वार्षिक साधारण सभाको विषय (एजेन्डा) हरु निम्नलिखित रहेको छ:
(१) आ.व. २०८०/८१ को वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्ने।
(२) आ.व. २०८०/८१ को लेखा परीक्षणको प्रतिवेदन, नाफा, नोक्सानी हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने।
(३) आ. व. २०८१/८२ को लागि कार्य संचालन खर्च तथा योजना पारित गर्ने,
(४) आ. व. २०८१/८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने।
(५) संचालक समितिले गरेका निर्णयहरू तथा कामकारबाहीहरू अनुमोदन गर्ने।
(६) निरीको नयाँ संचालक समिति गठन गर्ने।
(७) (६) विशेष प्रस्ताव: प्रबन्ध पत्र र नियमावलीमा केहि संशोधन।
(८) विविध।
-डा. राजेन्द्र पंगेनी
अध्यक्ष
Leave a Reply