यस लेखमार्फत हामी COPD सम्बन्धि चलि आएका केहि भ्रमहरूलाई तिनका तथ्यहरूसहित चिर्ने प्रयास गर्दै छौं।
भ्रम: COPD पुरूषको मात्र रोग हो।
तथ्य: सबै लिङ्गका मानिसहरूमा COPD हुन सक्छ।
भ्रम: COPD भएपछि तपाईं व्यायाम गर्न सक्नु हुन्न।
तथ्य: नियमित व्यायामले फोक्सोको कार्यक्षमतामा सुधार गर्न मद्दत गर्छ। यसले बिरामीलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त महसुस गराउन सक्छ।
भ्रम: COPD ले फोक्सोलाई मात्र असर गर्छ।
तथ्य: COPD हृदय रोग, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, हाड खिईने, र मधुमेह जस्ता रोगहरूसँग पनि सम्बन्धित छ।
भ्रम: वृद्धहरूलाई मात्र COPD हुन्छ।
तथ्य: COPD पक्कै पनि युवाहरूको तुलनामा वृद्धहरूमा बढी सामान्य हुन्छ, तर युवाहरू यस रोगबाट प्रतिरक्षित भने हुँदैनन्।
भ्रम: धुम्रपान गर्ने मानिसहरूलाई मात्र COPD हुन्छ।
तथ्य: धुम्रपान COPD को एक प्रमुख कारण हो तर अन्य जोखिमका कारकहरु वायु प्रदूषण, काम सम्बन्धी प्रदूषण, संक्रमण, र केहि प्रकारका दम हुन्।
Leave a Reply