शिक्षा, रोजगारी र उद्यमशिलता प्राज्ञिक बहसको निष्कर्ष : परम्परावाद र राजनीति नै मुख्य समस्या

हामीले नेपालको शिक्षा समयानुकुल र सीपमूलक हुन नसकेको गुनासाहरू सुनिराखेका छौं। यसै परिप्रेक्षमा २०८० असार २ गते निरी नेपालले शिक्षा र यस अन्तर्गत अनुसन्धान, रोजगारी र उद्यमशिलतामा काम गरिरहेका विज्ञहरूलाई निम्त्याएर वार्षिक अनुसन्धान संगोष्ठी (Annual Research Symposium 2023) आयोजना गर्यो। निरी नेपाल भित्र नेपाल लगायत अमेरिका, अस्ट्रेलिया, बेलायत, युरोप र बिश्वभरी छरीएर रहेका बैज्ञानिक, अनुसन्धानकर्ता, आविष्कारकहरू सकृय सदस्य रहेका छन् भने नेपालभित्र निरीले छोटो समयमै विभिन्न जिल्लाहरूमा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा अनुसन्धान सुरुवात गरीसकेको छ।

नेपालको शिक्षा प्रणालीमा हाम्रा वर्तमान समस्याहरू के के हुन् ?

सिम्पोजियमका मुख्य वक्त्ताका रुपमा आफ्नो वक्तव्य राख्दै सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपती प्रोफेसर अम्माराज जोशीले आहिले विश्वको शिक्षा नयाँ प्राविधिक, आधुनिक र औधोगीक धारातिर उन्मुख रहेको बताउनु भयो। शिक्षा क्षेत्रमा नेपालभित्र धेरै प्रगतिहरु भएको भएता पनि प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड नदिइनु, विद्यार्थीहरुको पनि चासो र प्राथमिकता यस्ता विषयमा नहुनु, रोजगारी र उद्यमशिलता अवरोधक बनेको प्रष्ट पार्नु भयो।  विश्वमा र नेपालमा के कस्ता आवश्यकता छन्, कस्ता विषयको शिक्षण आवश्यक छ भन्ने बारेमा बेलैमा सोचेर मात्र नयाँ विश्वविद्यालय ले प्राथमिकता दिनुपर्ने कुरा जोशीले बताउनु भयो। धेरै विद्यार्थीहरु अध्ययन गर्न बाहिर जाने  तर विदेशमै जिवनयापन गर्न थाल्नु र युवावर्गहरु बाहिरिनु चिन्ताको बिषय बनेको उल्लेख गर्नु भयो। विभिन्न भोकेश्नल बिषय लिएका विद्यार्थीहरुले समेत आफू सक्षम भएर आफ्नै उद्यम गर्ने साहस सम्म गर्न नसक्नुले हामिले दिने शिक्षाको स्तर कत्ति रहेछ भनेर अनुमान गर्न सकिने इकित गर्दै शिक्षा दिने संस्थाले रोजगारी मात्र नभै आत्मनिर्भर बनाउन सक्नु पर्ने कुराको जिकिर गर्नु भयो।

अहिले छात्रवृत्ति प्राप्तगरी बङ्गलादेश पुगेकी, हुम्ला जिल्लामा जन्मिएर र हुर्किएकि सोनाम क्ष्यूकित लामाले हुम्लामा रहेका विद्यार्थीहरूलाई भौगोलिक र सरचनात्मक वातावरण सहज नभएको र राजनितीज्ञ हरूले पनि समान शिक्षाको पहल नगरेको गुनासो पोख्नु भयो। भौगोलिक र आर्थिक विकटता बोकेका हुम्लाका विद्यार्थीहरुलाई स्थानीय रुपमा राम्रो र गुणस्तरीय शिक्षा हासिल गर्न सबैले सहयोग पुर्याउनु आजको आवश्याकता भएको औल्याउँदै, आफुले अवसर पाएपनी हुम्लाका सबै विद्यार्थीहरूले शिक्षामा समान अवसर पाउन् भन्ने चाहाना ब्यक्त गर्नु भयो।

काठमाडौ महानगरपालिकाका शिक्षाविद् सल्लाहकार रेशु अर्यालले वर्षौ देखीको विद्यालयमा गरिने राजनितिक हस्तक्षपले शिक्षालय जिर्ण अवस्थामा पुगेको बताउनु भयो । त्यसै गरि नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठान (Policy Research Institute) का प्राकृतिक स्रोत तथा प्रविधि नीति सम्बन्धि केन्द्रका प्रमुख डा. दिपक खड्काले उच्च शिक्षाका इन्जिनियरिङ र मेडीकल सेक्टरको गुणस्तरीयता तुलनात्मक रुपमा अन्य विषयहरु भन्दा केही राम्रो रहेको भएता पनि धेरैजसो शिक्षा दिइने विषय आत्मनिर्भरता र रोजगारी नदिने शिक्षा हुनु, धेरैले व्यवहारिक र व्यावसायिक सिपमुलक शिक्षा नपाउनु, न्यून आर्थिक अवस्था भएका बिद्यार्थीहरुको लागि उच्च शिक्षामा पहुच नहुनु मुख्य समस्या रहेको बताउनु भयो। उच्च शिक्षाको गुणस्तरीयतामा रास आउनुको विभिन्न कारणहरु भएता पनि मुख्य रुपमा भने उच्च शिक्षामा अवान्छित राजनितिक हस्तक्षेप रहेको जिकिर गर्नु भयो।

प्यानल छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा नेपालकी प्रतिनिधि सभाका सबैभन्दा कम उमेरकी सांसद माननीय सोबिता गौतम पनि उपस्थित हुनुहुन्थ्यो। उहाँले आफू सार्वजनिक विद्यालयमै पढेर आएको भएकोले सार्वजनिक शिक्षाको राम्रो अनुभव भएको र गुणस्तरको हिसाबले सार्वजनिक शिक्षाको अवस्था अत्यन्तै न्यून रहेको बताउनु भयो। बिशेषगरि मद्यम र न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरूले मात्र सार्वजनिक विद्यालय छान्ने भएकोले उनिहरू विशेष मर्कामा परेको र विद्यालयको गुणस्तरीयता बढाउनु अपरिहार्य रहेको दर्शाउनु भयो। निजि विद्यालयको शिक्षास्तर पनि भिन्न नभएता पनि धेरै जसो मानिसहरुको सोच निजी बिधालयनै राम्रो छ भन्ने भान बसेको औल्याउनु भयो।

प्यानल छलफलका क्रममा निरि नेपालका संस्थापक तथा वर्तमान अध्यक्ष डा. राजेन्द्र पङ्गेनीले निरीले स्थापनाकाल देखिनै नेपाल भित्र र बाहिर बसेका ब्यक्त्तिहरु, विज्ञहरुको ज्ञान आदान प्रदान गर्न र शिक्षाको गुणस्तरीयता वृद्धि गर्न विभिन्न विकट जिल्लाहरूका जनप्रतिनिधि सम्म पुगेर छलफल तथा अन्तर्कृया गर्ने प्रयास गर्दा गर्दै पनि धेरै जसो जनप्रतिनिधिमा शिक्षा क्षेत्रमा परीवर्तन ल्याउछु, शिक्षा क्षत्र सुधार गरेरै छोड्छु र केही बर्ष भित्रमा विभिन्न परिवर्तन गर्न चाहान्छु भन्ने चाहाना, सन्कल्प र अठोट नदेखिएको, नीति निर्माणको कुरामा र नीति कार्यन्वयनको कुरामा अघि बढ्न नसकेको आफ्नो तितो अनुभव बताउनु भयो।

अहिलेको शिक्षालाई कसरी रोजगारी र उद्यमशिलतासँग जोड्न  सकिएला ?

शिक्षालाई रोजगारमुलक रउद्यमशिल बनाउन सफल उद्यमी अर्का वक्त्ता प्रकृति मैनालीले शिक्षामा उद्यमशिलताको महत्व बालबालिकाहरुको सानो उमेर देखिनै उद्दमी बन्न बालबालिकाहरूलाई प्रेरित गर्नु पर्ने र उनीहरुबाट पनि धेरै आईडियाहरु लिन सकिने बताउनु भयो । उद्दमशिलताको बाटो लिनको लागि शिक्षालाई ब्यवहारिक, ब्यवसायिक बनाउनु को साथै देश भित्र भएका प्राकृतिक श्रोतहरु, देशभित्रको भौगोलिक र सांस्कृतिक अवस्था, छिमेकी देशको तुलनामा आफैले गर्न सक्ने श्रोत साधनको ज्ञान अनि आत्मनिर्भरता लगायतका विषयवस्तुलाई नेपालको शिक्षाको पाठ्यक्रममा सलग्न गराउन नसकिएको जिकिर गर्नु भयो भने देश भित्रै रोजगारी सृजना गर्नको लागि सिपमुलक शिक्षा अपरिहार्य रहेको बताउनु भयो। नेपाल सम्भावना नै सम्भावना रहेको देश रहेकोले हामिले हाम्रो आफ्नै उत्पादन र आत्मनिर्भरता अपनाउन अरु राष्ट्रहरुबाट सिक्दै श्रोत साधनको उपयोग गर्दै आफ्नो उत्पादन बढाउन सके राष्ट्र नै समृद्ध बन्न सक्ने उल्लेख गर्नु भयो।

काठमाण्डौ महानगरले अपनाएको कार्यविधि लाई इकित गर्दै रेशु  अर्यालले नयाँ नीति भित्र ब्यवहारिक, ब्यवसायिक, कलात्मक र सांकृतिक शिक्षामा विशेष जोड दिने गरि महानगरमा नयाँ मार्गचित्र कोर्न शुरुवात गरिएको बताउनु भयो। शिक्षालाई दीर्घकालीन रुपमा बदल्न सबै दलहरुको सम्लग्नता आवश्यक पर्ने र विशेषत शिक्षणलाई सिपमुलक र प्रयोगात्मक बनाउनु पर्ने कठिनाई अहिलेको शिक्षा प्रणालीमा रहेकोले, शिक्षकहरुको योग्यता र बिना पाठ्यपुस्तक पनि विद्यार्थीको ज्ञान र सिपलाई बढाउन अध्यापन गर्न सक्ने र पाठ्यपुस्तकमात्र केन्द्रबिन्दु नमान्ने र पाठ्यक्रमकै आधारमा शिक्षण गर्ने क्षमता शिक्षक वर्गमा हुनु पर्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो जसको लागि काठमाडौ महानगरपालिका भित्र यो नयाँ अभ्यास गर्नको लागि हरेक शुक्रबार छलफल र अन्तरक्रिया कार्यक्रम शुरुवात गरिएको बताउनु भयो। शिक्षामा विशेषगरि प्राविधिक र व्यावसायिक विषयवस्तुलाई विश्व समुदायको जस्तै गुणस्तरीय बनाउन सक्ने हो भने देशको अर्थतन्त्रमा नयाँ आयाम थपिदै जानेकुरामा विश्वस्त हुन सकिने बताउनु भयो।

उद्यमशिलताको उदाहरण सुर्खेत जिल्लामा रहेको जनज्योती माद्यामिक विद्यालय प्राधानाध्यापक नारायण सिग्देलले विद्यार्थी पढ्दै र काम गर्दै गर्न सक्छ्न भन्ने कुराको आफ्नै विद्यालयको उदाहरण प्रस्तुत गरेर ब्यवहारिक र ब्यवसायिक शिक्षाको ज्वलन्त उदाहरण प्रस्तुत गर्नु भयो। विद्यालयमा अक्षय कोष निर्माण गरि, बिना ब्याज बिद्यार्थीहरुलाई पैसा रिणमा दिई ब्यवसाय शुरु गर्न सहयोग गरि पढाइ सङ्गै ब्यवसाय गर्न सफल बिद्यार्थीहरुको वास्तविकता बताउदै, कोषको पैसाबाट खरायो, कुखुरा, बङ्गुर पालन गर्ने गरेको र तेस्बाट विद्यालयहरूलाई आम्दानी हुने भएकोले पढाइ लगायत आत्मनिर्भर गराउन सफल भएको उदाहरण प्रस्तुत गर्नु भयो।

उच्च शिक्षामा राजनितिक हस्तक्षपनै मुख्य बाधक बनेकोले १०० % लगानी गरेको शिक्षाको प्रतिफल १० % मात्र लिन सकिएको र हस्तक्षेप अन्त्य हुनुको अलावा अन्य सुधारका बाटोहरुले मात्र अपुग हुने बताउदै शिक्षामा राजनीतिक प्रभावको अन्त्य हुनुपर्ने धारणा डा. दिपक खड्काले ब्यक्त्त गर्नु भयो। अर्का वक्त्ता श्रोचिस कार्कीले समानता फाउन्डेसनको बारेमा बताउदै असहाय र विपन्न वर्गमा पर्नु, शिक्षाभित्र कृपावाद, नातावाद र राजनिती घुसिनुले धेरै विद्यार्थीहरू समान र गुणस्तरीय शिक्षा बाट वन्चित हुने कारणहरू रहेको उल्लेख गर्नु भयो। उच्च शिक्षा हासिल गर्न नेपाल भित्र आर्थिक रुपमा विद्यार्थीहरुलाई गहिरो भार हुने उल्लेख गर्दै, सार्वजनिक शिक्षा लिएका सरकारी विद्यालयका विद्यार्थी र शिक्षकहरू धेरैको गुणस्तरीयता पनि नाजुक रहनुले उच्च  शिक्षा हासिल गर्न र प्रतिस्पर्धामा विद्यार्थीहरु उतृन नसक्ने अर्को ठूलो चिन्ता रहेको बताउनु भयो।

रा. स्व. पा. ले आउदै गरेको र छलफलमै रहेको शिक्षा नितिलाई औल्याउदै माननीय गौतमले नेपालमा प्राथमिक शिक्षानै परिवर्तन गरेर बलियो जग बनाउनु पर्ने, विद्यालय सन्चालन गर्ने नेतृत्व लिएका प्राधानाध्यापक तथा शिक्षकवर्गमा राम्रो नेतृत्वको विकास गर्नु पर्ने र शिक्षकहरुलाई सीप तथा तालिम दीर्घकालीन रुपमा लागुगर्नु पर्ने मुख्य उध्यस्य रहेको बताउनु भयो। उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीहरुलाई पार्ट टाइम काम भन्ने खालका अवधारणा अघि सार्नु पर्ने बताउनु भयो। सानैदेखी सिपमुलक शिक्षा दिन सके काम पाउन तेत्ती गारो नहुने र उच्छ शिक्षा हासिल गर्न विद्यार्थीहरु आत्मनिर्भर बन्न सक्ने बताउनु भयो।

अहिले नेपालमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा चलिरहेको र कस्ले कत्ती वटा विश्वविद्यालय खोल्छ भन्ने जस्ता छलफल बढीरहेकोले हरेक प्रदेशभित्र नयाँ विश्वविद्यालय खोल्दा आवश्यक पुर्वाधार अनि स्थानिय, प्रदेशिय र राष्ट्रिय आवस्यकताहरु के के छ्न भनेर अनुसन्धान गर्न तिर सबैले ध्यानाकर्षण गर्नु पर्ने बताउनु भयो। अनुसन्धानलाई मुख्य आधार बनाएर प्रणालीगत अध्यन गरेर प्रमाणको आधारमा मात्र नयाँ क्याम्पस र बिधालय तथा शैक्षिक कार्यक्रम, पाठ्यक्रमको बिकास गर्नु पर्ने कुरामा जोड दिनु भयो।

वर्तमान शिक्षा प्रणालीको सुधारको सुरुवात कहाँ बाट गर्ने ?

प्रकृति मैनालीले देशभित्रका भौगोलिक, सास्कृतिक र प्राकृतिक अथाह श्रोत भएकोले पर्यटन धेरै फस्टाउन सक्ने अवस्था हुँदाहुँदै पनि ती श्रोत साधनको उपयोग राम्रो सङ्ग गर्न नसक्नु, विश्व जगतमा नेपाललाई बर्षौ देखि सस्तो ठाउको रुपमा मात्र बिकाउन खोज्नु र नेपाललाई धेरै पैसा खर्चगरेर आरामदायी र फलदायी गन्तव्य बनाउन र प्रचार प्रसार हुन नसक्नुका साथै बालबालिकाहरुमा समेत यस्ता ज्ञानमुलक शिक्षा प्रदान गर्न नसक्नु दुखको कुरा रहेको दर्शाउनु भयो। नेपाल भित्रै काम गर्न सक्ने जनशक्ति र रोजगारिको आवश्यकता रहेको भएता पनि धेरै जसो क्षमतायुक्क्त युवायुवती अरु देशमा बाहिरिनुले देशभित्र आवस्यक जनशक्ति नपुग भएर बिदेशी जनशक्ति किन्नु पर्ने बाध्यता बन्दै गएको अवस्था सृजना भएको बताउनु भयो।

विदेशिनबाट निरुत्साहित गर्ने र आफ्नै भुमिमा केही गर्नको लागी विद्यार्थीहरूलाई प्रोत्साहन हर्नु पर्ने बताउदै हेडसर सिग्देलले ब्यवहारिक शिक्षामा जोड दिनुको साथै पछि बिधालयको पढाइ सिध्याईसकेपछी पनि बिदेशिने मात्र बाटो देख्ने परिपाटी रोकि आत्मनिर्भर हुँदै आफ्नै मातृभुमिमा केही गर्न सक्छु भन्ने क्षमता र सीप तथा ब्यवहारिक ज्ञान बिधालयले दिइरहेकोकुरा सिग्देल सरले प्रस्ट्याउनु भयो।

निरिको उद्देश्य सङ्ग जोड्दै डा. राजेन्द्र पङ्गेनीले आफ्ना सीप र क्षमतालाई निरिका धेरै सदस्यहरुले आफ्नो देश नेपालमा खर्चिन चाहे पनि नेपालका नेतृत्व बर्गमा त्यसको उपयोग गर्ने चाहाना कम भएको र विश्वका धेरै राष्ट्रहरु डिजिटल प्रबिधिबाट जुनसुकै कुनामा बसेपनी धेरै काम टाढा बाटै गर्न सकिने भएता पनि नेपाल भित्र नेतृत्वबर्गमा अझै पनि शारीरिक भेटाईलाई मात्र प्राथमिकता दिनु र डीजिटल प्रबिधीको उपयोग गर्न नसक्नु पनि दु:खद रहेको बताउनु भयो। भर्चुवल प्रबिधि बाट नै निरीका सदस्यहरु एकआपसमा भेट्घाट गर्ने अनि नेपाल भित्र छोटो समयमा धेरै कुराहरु गर्न सकेको उदाहरण प्रस्तुत गर्दै नेपालका नेतृत्वबर्गलाई भर्चुवल/ डीजिटल माध्यमको उपयोग गर्ने अवसर प्रती ध्यानाकर्षण गराउनु भयो।

रास्वपा नेत्री गौतमले ब्यवहारिक तथा ब्यवसायिक शिक्षाको नीति तथा कार्यक्रमको लागि लगातार ससदमा आवाज उठाईरहेको कुरा दर्शाउदै , उच्च शिक्षामा पनि ब्यवसायिक र ब्यवहारिक शिक्षा हुनु पर्छ भन्ने मान्यता अनुरुप ससदमा आवाज उठाईरहने प्रतिवद्धता पनि ब्यक्त गर्नु भयो।

लगभग ४ घन्टासम्म चलेको संगोष्ठी कार्यक्रममा धेरै ब्यक्तिहरुको जिज्ञासालाई प्यानल छलफलमा रहनु भएका वक्त्ताहरुले जवाफ दिनु भएको थियो। बार्षिक अनुसन्धान संगोष्ठी कार्यक्रमको संयोजक डा. पुष्प राज पन्त, अन्य सदस्यहरु संगीता श्रोत्रीय, डा. तुलसी आचार्य, डा. सरोज शाह र प्रा. डा. दिपराज थापा, डा. तथा प्रोफेसर तारा सिग्देल, ब्यवस्थापनमा मुख्य भुमिका निरी नेपालका प्रशासक सुरज पराजुली र दिपक उप्रेतीले निभाउनु भएको थियो। कार्यक्रम सन्चालन सुरज पराजुली, वक्ताहरु परिचय र वक्तव्य सन्चालन डा. सरोज शाह र डा. दिपराज थापा र प्यानल छलफल डा. तारा सिग्देलले सहजिकरण गर्नु भएको थियो। सम्पूर्ण सहभागी वक्ताहरु, जुम र फेफेसबुक लाईभ द्वारा सहभागी ब्यक्तिहरु निरीको धन्यवादका पात्रहरु हुन्।

-प्रा. डा. दिपराज थापा

(डा. दिपराज थापा, खोब्दे विश्वविधालय स्वीडेनका प्रध्यापक तथा स्वास्थ्य अनुसन्धानबिज्ञ र निरि नेपालका सदस्य हुन।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *