गत साताको हाम्रो #AskNIRI पोस्ट पश्चात हामीलाई मेसेज तथा इमेल मार्फत COPD सम्बन्धि धेरै प्रश्नहरू प्राप्त भएका थिए। बारम्बार सोधिएका ति प्रश्नहरूलाई हाम्रा विज्ञ डा. ओम कुर्मीले सम्बोधन गर्नु भएको छ। प्रश्न सोध्नु हुने सबैलाई धन्यवाद। साथै COPD जस्तो ठुलो जनस्वास्थ्य समस्याको रोकथाम र नियन्त्रणमा हामी सबैले सदैव बिशेष ध्यान दिऔ है?

Q. मलाई भर्खरै गम्भीर COPD निदान भएको छ। म कति समय बाँच्न सक्छु र मैले कस्तो गुणस्तरको जीवन अपेक्षा गर्न सक्छु?

A. धरै गम्भीर COPD (चौथो अवस्थाको) भए पनि व्यक्ति कहिले सम्म बाँच्न सक्छ भन्ने कुनै समय सीमा छैन। चिकित्सकको परामर्श अनुसार औषधी सेवनको साथसाथै नियमित व्यायाम गर्ने, सन्तुलित भोजनको सेवन गर्ने र वातावरणीय एवं कार्यस्थल प्रदुषणबाट बच्नुहुन्छ भने COPD को तीव्र वृद्धिमा रोकथाम भई दैनिक जीवनलाई सहजसंग बिताउन सक्नुहुन्छ।

Q. के मैले धुम्रपान छोडे भने COPD पूर्ण रूपमा निको हुन्छ ?

A. COPD को पूर्ण उपचार छैन तर रोकथामको लागि धुम्रपान छोड्नु र धुम्रपान गर्नेको नजिक नबस्नु महत्वपूर्ण हुन्छ। एकपटक COPD लागि सकेपछि पूर्णरूपमा निको नभए पनि यसलाई व्यवस्थापन गर्नसके दैनिक जीवनलाई सहज बनाउन सकिन्छ । यसका लागि माथी भनेअनुसार चिकित्सकको परामर्श अनुसार औषधी सेवनको साथसाथै नियमित व्यायाम गर्ने, सन्तुलित भोजनको सेवन गर्ने र वातावरणीय एवं कार्यस्थल प्रदुषणबाट बच्नुहुन्छ भने COPD लाई सजिलै व्यवस्थापन गर्न सकिन्छ। 

Q. मैले कहिल्यै धुम्रपान गरेको छैन तर मेरो डाक्टरले मलाई वंशाणुगत COPD भएको बताए। यो सामान्य COPD भन्दा कसरी फरक छ? के यसको मतलब मेरा बच्चाहरूलाई पनि यस्तो COPD हुन  सक्छ?

A. कहिल्यै धुम्रपान नगर्ने व्यक्तिलाई पनि COPD हुन सक्छ। बिभिन्न कारणहरुमा एउटा कारण अल्फा-१ एन्टिट्रिप्सिनको कमी हो, जुन वंशाणुगत रूपमा सर्दछ।त्यसैले तपाईंको बच्चाहरूलाई पनि यस्तो किसिमको COPD हुन सक्छ। तसर्थ तपाईंले आफ्नो परिवारको सदस्यहरूको स्वास्थ्य संस्थामा गई COPD परीक्षण गर्नुपर्छ।

Q. मेरो स्वास्थ्य पहिलेको जस्तो छैन र COPD मात्र मेरो समस्या होइन। COPD सँग अन्य कुन रोगहरू सम्बन्धित छन्? के यी अन्य अवस्थाहरूले मेरो समग्र स्वास्थ्यलाई असर गर्छ?

A. COPD लागेको ब्यक्तिमा अरु रोगहरु जस्तै हृदय रोग, मधुमेह लाग्ने संभावना बढ़ी हून्छ। दुई वा सो भन्दा बढी रोग लागेको समस्याहरूलाई multimorbidity भनिन्छ। यस्तो भएको अवस्थामा लागेको सबै रोगहरुको उचित व्यवस्थापन गर्नको लागि र स्वास्थ्य बिग्रिन नदिनको लागि नियमित चिकित्सकसँगको परामर्श र रोकथामका उपायहरू अपनाउन  आवश्यक छ।

Q. के दम र COPD उस्तै हो ?

A. दम र COPD को लक्षणहरू मिल्दाजुल्दा नै छन् तर उपचार पद्धति भने दुबैको फरक छ। COPD प्रगतिशील (Progressive) हुन्छ अथवा समय बित्दै गए पछि प्राय यसको चाप पनि बढ़दै जन्छ। दम र COPD छुट्टयाउन चिकित्सकसंग सल्लाहमा तुरुन्त स्वास्थ्य संस्थामा गई स्पाइरोमेट्री परिक्षण गर्नु पर्छ र सोहि अनुसारको चिकित्सकको सल्लाह अनुसार उपचार गर्नु राम्रो हुन्छ।

Q. मेरो उमेर २६ वर्षको भयो। मलाई चाडै थकाई महसुस हुने, थोरै हिड्दा पनि श्वा: श्वा: हुने गर्दछ। के मलाई COPD नै भएको हो त ?

A. तपाईंले भनेका लक्षणहरू COPD को साथसाथै केही मूटू रोगसंग मिल्दो जुल्दो छन्। कम उमेरको व्यक्तिहरूलाई पनि COPD हुन सक्छ।  त्यसैले चाडैं स्वास्थ्य संस्थामा गई परिक्षण गर्नु हुन सुझाव दिन चाहन्छु।

Also read:

Understanding COPD: Burden, Risk Factors and Public Health Measures of Prevention

Leave a Reply

Your email address will not be published. Required fields are marked *