निरीको वार्षिक साधारण सभा सम्बन्धी सदस्यहरूलाई जरुरी सूचना।
आदरणीय संस्थापक तथा सदस्य ज्यूहरू
नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन
विषय : दोस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना ।
महोदय,
उपरोक्त विषयमा मिति २०७९ श्रावन १ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको दोस्रो वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा सम्पन्न हुने कार्यक्रम रहेको हुँदा तपाईँको अनिवार्य सहभागिताको लागि निर्णयानुसार अनुरोध छ ।
देहाय
मिति : २०७९ भदौ ४ गते शनिबार, तदनुसार August 20, 2022
समय : नेपालको समय अनुसार बेलुकाको ७:४५ बजे (07:45 PM Nepal time)
स्थान : ZOOM को भर्चुअल मध्यमबाट
Zoom details and link: Topic: NIRI’s Second Annual Convention
Zoom Link:
https://us02web.zoom.us/j/9841802265…
Meeting ID: 984 180 2265
Passcode: NIRI2022
दोस्रो वार्षिक साधारण सभाको विषय (एजेन्डा) हरू निम्नलिखित रहेको छ :
१) आ. व. २०७८/७९ को संचाकल समितिको प्रतिवेदन (कार्य प्रगति विवरण) पारित गर्ने।
२) संचालक समितिले गरेका निर्णयहरू तथा कामकारबाहीहरू अनुमोदन गर्ने।
३) आ. व. २०७८/७९ को लेखा परीक्षणको प्रतिवेदन, वासलात, नाफा, नोक्सानी हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने।
४) आ. व. २०७९/८० को लागि कार्य संचालन खर्च तथा योजना पारित गर्ने।
५) आ. व. २०७९/८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने।
६) विविध।
साधारण सभा यस संस्थाको नियमावलीको परिच्छेद २ मा गरिएको व्यवस्था अनुसार संचालन हुने ब्यहोरा सबैमा अवगत गराउँदछु।
राजेन्द्र पंगेनी
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *