मिति: २०८० श्रावण १८ गते
संस्थापक, पदाधिकारी, तथा सदस्य ज्यूहरू
नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन
विषय: तेस्रो वार्षिक साधारण सभा सम्बन्धमा।
महोदय,
उपरोक्त विषयमा मिति २०८० असार २३ गते तदनुसार जुलाई ८, २०२३ मा बसेको संचालक समितिको बैठकको निर्णयअनुसार यस संस्थाको तेस्रो वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा तपाईंको अनिवार्य उपस्थितिको निर्णयअनुसार अनुरोध छ।
देहाय
मिति: २०८० साल असोज २८ गते आइतबार, तदनुसार October 15, 2023
समय: साँझ ६:३० बजे (नेपाल समय)
स्थान: काठमाडौँ, नेपाल – हाइब्रिड मोडेलमा
Zoom ID: 982 371 1633
Passcode: NIRI 2023
तेस्रो वार्षिक साधारण सभाको विषय (एजेन्डा) हरु निम्नलिखित रहेको छ:
(१) आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्ने।
(२) आ.व. २०७९/८० को लेखा परीक्षणको प्रतिवेदन, नाफा, नोक्सानी हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने।
(३) आ. व. २०८०/८१ को लागि कार्य संचालन खर्च तथा योजना पारित गर्ने,
(४) आ. व. २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने।
(५) संचालक समितिले गरेका निर्णयहरू तथा कामकारबाहीहरू अनुमोदन गर्ने।
(६) विशेष प्रस्ताव: प्रबन्ध पत्र र नियमावलीमा केहि संशोधन।
(७) विविध।
डा. राजेन्द्र पंगेनी
अध्यक्ष